+
+
Shares

सेयर बजार एक वर्षकै न्यून विन्दुमा, झर्‍यो २५ सयमुनि

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार ३० असोजमा १८.४० अंकले घटेर नेप्से २४८७ अंकमा झरेको छ।
  • आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।
  • कारोबार रकम ३ अर्ब १० करोडबाट बढेर ३ अर्ब २७ करोड पुगेको छ र बैंकिङ समूह ०.०२ प्रतिशतले बढेको छ।

३० असोज, काठमाडौं । बिहीबार सेयर बजार १८.४० अंक घटेको छ । सो घटाइसँगै नेप्से २४८७ अंकमा झरेको छ ।

बजार बन्द हुँदाको आजको अंक गत वर्षको असोज १३ यताकै न्यून हो । केही दिनयता बजार निरन्तर ओरालो लागेको छ । आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ९ को स्थिर रह्यो ।

कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब २७ करोडको भयो । बैंकिङ ०.०२ प्रतिशत बढेको छ भने अरु समूहगत सूचक घटेका छन् ।

विकास बैंक १.१५, फाइनान्स १.२८, हाइड्रोपावर १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.५३, अन्य २.२१ र व्यापार ०.३९ प्रतिशत घटे ।

हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशत बढ्यो । कालिका लघुवित्तको ५.६९, इनिफिनिटी लघुवित्तको ३.८९, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको ३.७९ प्रतिशत बढ्यो ।

त्यस्तै समाज लघुवित्तको १०, युनिक नेपाल लघुवित्तको ७.३३, समता घरेलु लघुवित्तको ६.२५, अपर स्याङ्गेको ४.८७ तथा नेपाल पुनर्बीमाको ४.२१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा मुक्तिनाथ विकास बैंक, नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?