+
+
Shares

जेनजी आन्दोलनमा कार्यकर्ता संलग्न भएकोबारे अनुसन्धान गर्न एमाले बैठकमा माग

‘२४ गतेको आगजनी, तोडफोड लगायतका घटनामा हाम्रो कार्यकर्ता पनि नगन्य रुपमा उपस्थिति देखिन्छ,’ उनले भने, ‘यसमा सुक्ष्म अनुसन्धान हुनुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १५:२३

३० असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य परशुराम अधिकारीले गत २४ भदौमा भएको जेनजी आन्दोलनमा पार्टी कार्यकर्ताकै संलग्नता भएको विषयमा अनुसन्धान गर्न माग गरेका छन् ।

बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले सो आन्दोलनको क्रममा एमाले कार्यकर्ताहरूकै पनि नगन्य रुपमा उपस्थिति देखिएको भन्दै अनुसन्धान अघि बढाउनुपर्ने बताएका हुन् ।

‘२४ गतेको आगजनी, तोडफोड लगायतका घटनामा हाम्रो कार्यकर्ता पनि नगन्य रुपमा उपस्थिति देखिन्छ,’ उनले भने, ‘यसमा सुक्ष्म अनुसन्धान हुनुपर्छ ।’

साथै, उनले पार्टीको आन्तरिक एकतामा जोड दिन पनि आग्रह गरे ।

बैठकमा आफ्ना धारणा राख्ने क्रममा अधिकारीले पार्टीमा निषेधको भावना नभइ उपयुक्त जिम्मेवारी दिनुपर्ने बताए ।

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्न नहुने बताउँदै उनलाई पनि उपयुक्त जिम्मेवारी दिन पाटी नेतृत्वसमक्ष आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?