News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्ट नेपाल प्रिमियर लिग २०२५ का लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्।
- लुम्बिनी लायन्सले सामाजिक सञ्जालमार्फत शर्ट अनुबन्ध गरेको जानकारी दिएको हो।
- शर्टले अस्ट्रेलियाको सिनियर टोलीबाट २३ टी-२०आई खेलमा ६४२ रन बनाएका छन् र बिग ब्यासमा सन् २०१८ र २०१९ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।
३० असोज, काठमाडौं । अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्ट नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् ।
लुम्बिनीले सामाजिक सञ्जालमार्फत शर्ट अनुबन्ध गरेको जानकारी दिएको हो । यसअघि बुधबार टोलीले राखेको संकेतका आधारमा अनलाइनखबरले डार्शी शर्ट नै खेलाडी भएको हुनसक्ने आँकलनका साथ समाचार तयार पारेको थियो।
एक फोटो राखेर अस्ट्रेलिया, राजस्थान रोयल्स र होबार्ट हुरिकेन्सबाट खेलेको खेलाडी भनेर संकेत दिएको थियो । साथै क्याप्सनमा शर्ट भन्ने शब्द पनि प्रयोग गरिएको थियो । यसको आधारमा अस्ट्रेलिया, राजस्थान र होबार्टबाट खेलेका खेलाडी डार्शी शर्ट भन्ने बुझिएको थियो ।
शर्टले पावरप्लेमा खेल पल्टाउने क्षमता राख्छन् । उनले अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी-२०आई खेलिसकेका छन् । उनले २३ टी-२०आई खेलमा ६४२ रन बनाएका छन् ।
त्यस्तै समग्र टी-२०मा उनले १८० खेलमा ५४०१ रन बनाएका छन् । बिग ब्यासमा एडिलेड स्ट्राइकर्सबाट २ सिजन खेलेका उनी होबार्ट हुरिकेन्सबाट ७ सिजन खेल्दा सबैभन्दा सफल होबार्टमै रहे ।
सन् २०१८ र २०१९ को सिजनमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
प्रतिक्रिया 4