
News Summary
Generated by OK AI. Editorially reviewed.- सीजी इलेक्ट्रोनिक्सले चाडपर्वको अवसरमा 'उज्यालो भनेकै सीजी एलईडी' अभियान सार्वजनिक गरेको छ।
- यो अभियानले नेपाली घर–घरमा ऊर्जा र उमंग पुर्याउने उद्देश्य राखेको कम्पनीले बताएको छ।
- सीजी एलईडी उत्पादनमा २४ महिनाको वारेन्टीसहित बल्ब, ट्युबलाइट, प्यानल लाइट लगायत विभिन्न प्रकारका लाइट उपलब्ध छन्।
३० असोज, काठमाडौं । सीजी इलेक्क्ट्रोनिक्सकले चाडपर्वको अवसरमा आफ्नो नयाँ अभियान ‘उज्यालो भनेकै सीजी एलईडी’ सार्वजनिक गरेको छ। यो अभियानको उद्देश्य नेपाली घर–घरमा उज्यालोसँगै ऊर्जा र उमंग पुर्याउनु रहेको कम्पनीको भनाइ छ।
‘सीजी एलईडीलाई फास्ट मुभिङ्ग इलेक्ट्रिक गुड्सको रूपमा प्रस्तुत गरिएको छ, जसले घरलाई अझ उज्यालो र आकर्षक बनाउनेछ’ कम्पनीले भनेको छ ।
२४ महिनाको वारेन्टीसहित बजारमा उपलब्ध सीजी एलईडी बल्ब, ट्युबलाइट, प्यानल लाइट, फ्लड लाइट, स्ट्रिट लाइट, ब्याटेन लाइट र विभिन्न रंगका डेकोरेटिभ बल्ब उपलब्ध छन् ।
चाडपर्वको माहोलमा परिवारका साथ घर–परिवार उज्यालो बनाउने सन्देशसहित यो अभियान सुरु गरिएको सीजीले जनाएको छ। आधुनिक डिजाइन, ऊर्जा बचत र लामो आयुका कारण सीजी एलईडी उत्पादनले बजारमा बलियो स्थान बनाउन सफल भएका छन् ।
सीजी इलेक्ट्रोनिक्सका नेसनल सेल्स हेड मदन खनालले सीजी एलईडीले केवल उज्यालो मात्र नभई, नेपाली घरको हरेक कुनामा खुसी र ताजगी ल्याउने बताए।
प्रतिक्रिया 4