
३१ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कांग्रेस बैठक यही असोज २८ गतेदेखि सुरु भएको हो । पहिलो दिनको बैठकबाटै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर बिदा लिएका थिए ।
२९ गते बुधबार भने कांग्रेसको बैठक बसेन । दोस्रो बैठक ३० गते बिहीबार बसेको थियो । दोस्रो बैठकमा सात जना नेताले आ-आफ्नो धारणा राखेका छन् । दोस्रो बैठकमा बोल्ने अधिकांशले नियमित महाधिवेशनमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4