+
+
WC Series
Nepal
31/0 (3.1)
VS
Samoa
0/0
Shares

एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १६:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले माइकल फोलेलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ, जसको नियुक्ति कात्तिक १५ देखि लागू हुनेछ।
  • कार्यबाहक सीईओ सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को भूमिका निरन्तरता दिनेछन्।
  • माइकल फोलेले एयरटेल फ्रेन्च अफ्रिकाका प्रमुख र टेलिनोर पाकिस्तानका सीईओको रूपमा काम गरेका छन् र ७ करोडभन्दा बढी ग्राहक संख्या पुर्‍याएका छन्।

३१ असोज, काठमाडौं । एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोले नियुक्त भएका छन् । उनको यो नियुक्ति कात्तिक १५ देखि लागू हुने एनसेलले जनाएको छ ।

नयाँ सीईओ नियुक्तिसँगै कार्यबाहक सीईओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को भूमिकालाई निरन्तरता दिनेछन् ।

दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव बोकेका फोलेले यस क्षेत्रका प्रमुख कम्पनीहरूमा कुशल नेतृत्व गरिसकेका छन् ।

एनसेलमा आवद्ध हुनु अघि फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी बहन गरेका थिए । त्यसअघि उनले टेलिनोर पाकिस्तान (टीपी)को सीईओका रूपमा कार्य गर्दै कठिन व्यवसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाएर नाफा वृद्धिसहित उल्लेख्य प्रगति देखिएको थियो ।

उनका अघिल्ला नेतृत्वदायी भूमिकाहरुमा, ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया)मा सीईओको पदसमेत समावेश छन्, जहाँ उनले उल्लेखनीय व्यवसायिक परिवर्तनको नेतृत्व गर्दै ग्राहक संख्या ७ करोडभन्दा माथि पुर्‍याए ।

फोलेले टामीर माइक्रोफाइनान्स (हालको इजी पैसा, पाकिस्तान)का अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरेका छन् । हाल उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु अन्तर्गतको वाटु डीआरसी एसएका अध्यक्षका रूपमा कार्यरत छन् ।

नियुक्तिपछि फोलेले भने, ‘काठमाडौंमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म खुसी र सम्मानित महसुस गरिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?