+
+
WC Series
Nepal
88/1 (9.6)
VS
Samoa
0/0
Shares

तिहारमा प्लास्टिकका फूल प्रयोग नगर्न बागमती सरकारको आग्रह

बागमती प्रदेशको कृषि मन्त्रालयले विशेषगरी तिहारमा प्रयोग हुने गोदावरी, सयपत्री र मखमली लगायत प्राकृतिक फूल प्रयोग गर्न आग्रह गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तिहार र छठ पर्वमा स्थानीय उत्पादन र स्वदेशी वस्तु प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ।
  • मन्त्रालयले तिहारमा गोदावरी, सयपत्री र मखमली जस्ता प्राकृतिक फूल प्रयोग गर्न र कृत्रिम फूल प्रयोग नगर्न अनुरोध गरेको छ।
  • स्वदेशी घिउ, पनिर, दही, खुवा र मिष्ठान्न प्रयोगले किसान र दुग्ध उत्पादकहरूको आयआर्जनमा टेवा पुग्ने मन्त्रालयले विश्वास लिएको छ।

३१ असोज, काठमाडौं । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तिहार र छठ पर्व लक्षित गर्दै स्थानीय उत्पादन र स्वदेशी वस्तु प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै विशेषगरी तिहारमा प्रयोग हुने गोदावरी, सयपत्री र मखमली लगायत प्राकृतिक फूल प्रयोग गर्न आग्रह गरेको हो । यसलाई नेपाली संस्कृति, वातावरण र ग्रामीण अर्थतन्त्रसँग जोडिएको छ ।

पछिल्लो समय कृत्रिम (प्लास्टिक) का फूलहरूको प्रयोग अत्यधिक बढ्दा स्थानीय किसानहरूको आम्दानीमा कमी आएको, वातावरणमा गम्भीर नकारात्मक असर परेको र स्वदेशी मुद्रा बाहिरिएको तथ्य औँल्याइएको छ ।

‘तिहारमा स्वदेशमै उत्पादन भएका ताजा प्राकृतिक फूल प्रयोग गरी स्थानीय किसानलाई सहयोग गर्न र वातावरणमा नकारात्मक असर पार्ने कृत्रिम फूल प्रयोग नगर्न–नगराउन सम्पूर्णमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा छ ।

त्यस्तै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्वदेशमै उत्पादित घिउ, पनिर, दही, खुवा, मिष्ठान्न लगायत दुग्धजन्य वस्तु प्रयोग गर्नसमेत अपिल गरिएको छ । यसले किसान तथा दुग्ध उत्पादकहरूको आयआर्जनमा टेवा पुऱ्याउने विश्वास मन्त्रालयले लिएको छ ।

मन्त्रालयले स्वदेशी उत्पादन प्रयोग, वातावरणमैत्री व्यवहार र संस्कृतिप्रतिको सम्मान मार्फत सबै एकजूट भई समृद्ध र आत्मनिर्भर बागमती प्रदेश निर्माणको दिशामा अघि बढ्न सहयोग गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?