News Summary
Generated by OK AI. Editorially reviewed.- सिराहाको सहलेश बेलबारी आरजु राईस मेजर स्वर्गीय एन.बि. रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
- शुक्रबार भएको सेमिफाइनल खेलमा सहलेश युथ क्लबले भोजपुर फुटबल संघलाई १-० गोल अन्तरले पराजित गरेको छ।
- फाइनलमा सहलेशले बि डिभिजन लिग विजेता प्लानिङ ब्वाइज युनाइटेडसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
३१ असोज, काठमाडौं । सिराहकाे सहलेश बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाइनलमा प्रवेश गरेकाे छ ।
शुक्रबार भएकाे दाेस्राे सेमिफाइनल खेलमा सहलेश युथ क्लबले भाेजपुर फुटबल संघलाई १-० गाेल अन्तरले स्तब्ध बनायाे । खेलकाे अन्तिम मिनेटमा सहलेशका सुजन डंगाेलले गाेल गर्दै टिमलाई विजयी बनाए ।
जितसँगै सहलेशले फाइनलमा बि डिभिजन लिग विजेता प्लानिङ ब्वाइज युनाइटेडसँग उपाधिका लागि भिड्नेछ ।
प्रतियाेगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4