+

बंगलादेशलाई हराउँदै भारत एक खेल अगावै एसिया कपको फाइनलमा

२०८२ असोज  ८ गते २३:४७ २०८२ असोज ८ गते २३:४७
बंगलादेशलाई हराउँदै भारत एक खेल अगावै एसिया कपको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले एसिया कप क्रिकेट सुपर फोरमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
  • भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभर ३ बलमा १२७ रनमा अलआउट भयो।
  • कुलदीप यादवले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए भने जसप्रित बुमराह र वरुण चक्रवर्तीले २-२ विकेट लिए।

८ असोज, काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोरअन्तर्गत बुधबार राति भएको खेलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुगेको हो ।

भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभर ३ बलमा १२७ रनमा अलआउट भयो । बंगलादेशका ओपनर सेफ हसनले सर्वाधिक ६९ रन बनाएपनि अन्यबाट उल्लेख्य योगदान हुन सकेन । पर्वेज हसन इमोनले २१ रन बनाए ।

भारतका कुलदीप यादवले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । जसप्रित बुमराह र वरुण चक्रवर्तीले २-२ तथा अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । ओपनर अभिषेक शर्माले ७५ रन बनाए । हार्दिक पान्ड्याले ३८ रन बनाए ।

बंगलादेशका रिशाद होसेनले २ विकेट लिँदा तन्जिम हसन साकिब, मुस्तफिजुर रहमान र मोहम्मद सैफुद्दिनले १-१ विकेट लिए ।

योसँगै सुपर फोरमा २ खेलमा ४ अंक जोडेको भारत फाइनलमा पुगेको छ । भारतले अब श्रीलंकासँग खेल्न बाँकी छ। श्रीलंका भने आजको नतिजासँगै बाहिरिएको छ ।

अब सुपर फोरमा बंगलादेश र पाकिस्तानबीचको खेलको विजेता फाइनलमा पुग्ने अर्को टोली बन्नेछ ।

एसिया कप क्रिकेट बंगलादेश क्रिकेट भारतीय क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय