News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले ए डिभिजन लिग २०२५ सञ्चालन र यू-१६ यूथ लिग तयारीबारे छलफल गर्न असोज २६ गते बैठक आह्वान गरेको छ।
- एन्फाले ए डिभिजनका १६ क्लबका अध्यक्ष र महासचिवलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे हुने बैठकमा सहभागी हुन आग्रह गरेको छ।
- गत भदौ ३१ गते डाकिएको लिगबारे छलफल बैठक स्थगित भएको थियो।
५ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग २०२५ सञ्चालन र हाल जारी यू-१६ यूथ लिगलाई सुचारु बनाउन आवश्यक तयारीबारे छलफल गर्न बैठक आह्वान गरेको छ।
एन्फाले ए डिभिजनका १६ क्लबलाई पत्राचार गर्दै छलफलमा सहभागी हुन आग्रह गरेको छ ।
एन्फाका अनुसार बैठक आगामी असोज २६ गते आइतबार दिउँसो १ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।
यसमा ए डिभिजन क्लबका अध्यक्ष र महासचिवलाई सहभागी हुन अनुरोध गरिएको छ।
यसअघि लिगबारे छलफल गर्नका लागि गत भदौ ३१ गते डाकिएको बैठक स्थगित भएको थियो ।
प्रतिक्रिया 4