
१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज शनिबार पनि बस्दैछ ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । आजको बैठक बसेर छठपछि बस्ने गरी स्थगित हुने सम्भावना रहेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
शुक्रबार २१ केन्द्रीय सद्स्य र ४ प्रदेश सभापतिले धारणा राखेका थिए । बिहीबार ७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
हालसम्म बोल्ने अधिकांश नेताहरुले आगामी मंसिरमै नियमित महाधिवेशन गर्नु पर्नेमा जोड दिएका छन् । केन्द्रीय सदस्य धारणा राख्ने क्रमम जारी छ ।
पहिलो बैठकमा शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहको जिम्मेवारी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4