
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान चलाएका शेखर–गगन पक्षका नेताहरुले पत्रकार सम्मेलन गर्दै छन् । महाधिवेशन प्रतिनिधिहरुले बुझाएको हस्ताक्षरबारे अभियानको तर्फबाट जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
पत्रकार सम्मेलन आज बिहान नौ बजे थापागाउँ ब्यांक्वेट बानेश्वरमा आयोजना गरिएको छ ।
विशेष महाधिवेशनको माग गर्नेहरु ५३ प्रतिशत पुगेको अभियानको दाबी छ । तर पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्नेमा बहस जारी छ ।
संस्थापन पक्षले नियमित महाधिवेशनमा जोड दिए पनि इतर पक्षले विशेष महाधिवेशन माग गरेको छ । महामन्त्री गगन थापाले आगामी मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका केन्द्रीय समिति बैठकमा प्रस्ताव गरेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनदेखि पार्टीको नेतृत्व हस्तान्तरण गर्ने बताइसकेका छन् ।
प्रतिक्रिया 4