+
+
Shares

२४ घण्टापछि सम्पर्कमा आए पर्यटक र पथप्रदर्शक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १०:१८
फाइल फोटो

२ कात्तिक, म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रदर्शक २४ घण्टापछि भेटिएका छन् ।

धवलागिरि गाउँपालिका–४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा शुक्रबार रातिदेखि हराएका एक जना नेपाली पथप्रदर्शक र एक जना जर्मनका पर्यटक शनिबार राति सम्पर्कमा आएको मुस्ताङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रदर्शक नेपालका मिमा शेर्पा शनिबार राति ९ः०० बजे घरपझोङ गाउँपालिका–३ स्याङमा आइपुगेका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए ।

सेभेन समिट ट्रेकिङमार्फत पदयात्रामा आएका उनीहरू रातिको समयमा बाटो बिराएर हराएको बताएका छन् । मार्फा निस्कनुपर्नेमा जङ्गलैजङ्गलको बाटो भएर स्याङमा पुगेका हुन् ।

उनीहरूको खोजीमा कम्पनीले हेलिकप्टर पनि परिचालन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?