+

वर्ल्ड कराते च्याम्पियनसिप छनोट : तीन फाइट जितेकी एरिका निर्णायक खेलमा पराजित

२०८२ कात्तिक  २ गते १२:५१ २०८२ कात्तिक २ गते १२:५१
वर्ल्ड कराते च्याम्पियनसिप छनोट : तीन फाइट जितेकी एरिका निर्णायक खेलमा पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली करातेकी एरिका गुरुङले फ्रान्सको पेरिसमा भएको वर्ल्ड कराते च्याम्पियनसिप छनोटमा दोस्रो चरणमा पराजित भइन्।
  • एरिकाले समूह चरणमा तीन खेल जितेर दोस्रो चरणमा प्रवेश गरेकी थिइन् तर अस्ट्रियाकी लोरा जिलरसँग ५–२ स्कोरले पराजित भइन्।
  • नेपालबाट चार खेलाडी सहभागी थिए, महिला ५० केजीमूनी तौलमा वर्षा बुढामगर र पुरुष एकल कातामा स्वनिम मानन्धर पहिलो चरणबाट बाहिरिए।

२ कात्तिक, काठमाडौं । नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङ निर्णायक खेलमा चुक्दा इजिप्टमा हुने वर्ल्ड कराते च्याम्पियनसिपमा छनोट हुन असफल भएकी छिन् ।

फ्रान्सको पेरिसमा भइरहेको वर्ल्ड कराते च्याम्पियनसिप छनोटको महिला ६८ केजी तौल माथि समूहमा सुरुवाती तीन खेल जितेपनि दोस्रो चरणको खेलमा अस्ट्रियाकी लोरा जिलरसँग ५–२ स्कोरले पराजित भइन् ।

एरिकाले सुरुवाती अग्रता लिएपनि सम्हालिन नसक्दा पराजित भएकी हुन् । लोरालाई पराजित गरेको भए एरिकाले आगामी नोभेम्बर २७ देखि ३० सम्म इजिप्टको काएरो हुने २७औं वर्ल्ड कराते च्याम्पियनसिप खेल्ने थिइन् । वर्ल्ड च्याम्पियनसिपमा नेपालबाट एकल कातामा सानुमाया थिङले सहभागिता जनाउने पक्का भइसकेको छ ।

नेपाली करातेकै सबैभन्दा सफल खेलाडी एरिकाले पसमूह चरणमा तीन खेल जितेर पुल विनर बन्दै छनोटको निकै नजिक पुगेकी थिइन् ।

उनले समूह चरणमा स्लोभेनियाकी मारिया जिब्रेट जालालाई २–० ले, मलेसियाकी मिर्जा अमिरा सुहादा बिन्ती फैजललाई ६–० ले र ब्राजिलकी ब्रेन्डा पेरेरालाई १–० स्कोरले हराएकी थिइन् ।

उनी आफ्नो समूहमा शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेकी थिइन् । तर दोस्रो चरणमा एरिका पराजित भइन् ।

प्रशिक्षक कुशल श्रेष्ठले उत्कृष्ट प्रदर्शनका बाबजुद एरिका छनोट हुन नसकेको बताए । ‘गेम त राम्रो खेल्यो, ३ फाइट जितेर आफ्नो पोलबाट विजेता भएर नकआउटमा अस्ट्रियासँग हार्‍यो, लिड गर्दागर्दै एक किक लाग्यो त्यहीभएर पराजित भयौं’ उनले भने ।

पेरिसमा भइरहेको वर्ल्ड च्याम्पियनसिप छनोटमा नेपालबाट एरिकासहित ४ खेलाडी सहभागि थिए ।

महिला ५० केजीमूनी तौल समूहमा वर्षा बुढामगर र पुरुष एकल कातामा स्वनिम मानन्धर पहिलो चरणबाटै बाहिरिए । अब नेपालबाट महिला ५५ केजीमूनी तौल समूहमा सविना श्रेष्ठले आइतबार खेल्नेछिन् ।

एरिका गुरुङ वर्ल्ड कराते च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय