+
+
Shares

बाबुल गिरी प्रहरी नियन्त्रणमा, युवतीको आत्मदाह प्रयासबारे सोधपुछ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्चित गायक बाबुल गिरीलाई एक युवतीले आत्मदाह प्रयास गरेको घटनामा प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले गिरीलाई उपचारपछि अहिले प्रहरीसँग राखिएको बताए।
  • घटना अनामनगरस्थित गिरीको स्टुडियोमा भएको र युवती र गिरीबीच के भएको बुझ्ने काम भइरहेको छ।

काठमाडौँ । एक युवतीले आत्मदाह प्रयास गरेको भनिएको घटनामा प्रहरीले चर्चित गायक तथा संगीतकार बाबुल गिरीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन भट्टराईले सोधपुछका लागि गिरीलाई नियन्त्रणमा लिइएको बताए ।

‘उहाँलाई अहिले हामीसँगै राखिरहेका छौं । घटनामा उहाँ पनि घाइते हुनुहुन्थ्यो । उपचारपछि अहिले हामीसँग हुनुहुन्छ’ भट्टराईले भने, ‘ती युवती र उहाँबीच भएको के हो भन्ने बारेमा बुझ्ने काम भैरहेको छ ।’

गायिका समेत रहेकी नीतु पौडेलले शनिबार दिउँसो अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गर्दा घाइते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?