+
+
Shares

प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्चमा थप ५ रिट दर्ता 

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, यसअघि दर्ता भएका ११ र आइतबारका थप ५ गरी कुल १६ वटा रिट निवेदनहरू एकसाथ पेस हुनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १७:५१
फाइल तस्वीर

२ कात्तिक,  काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा थप पाँचवटा रिट निवेदन दर्ता भएका छन् ।

सर्वोच्च अदालत प्रशासनले संवैधानिक इजलासमा नै दर्ता हुने गरी ती निवेदनहरू दर्ता गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, यसअघि दर्ता भएका ११ र आइतबारका थप ५ गरी कुल १६ वटा रिट निवेदनहरू एकसाथ पेस हुनेछन् ।

दर्ता भएका सबै रिट निवेदनहरूलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलासमा पेस गर्न तोक लगाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?