News Summary
Generated by OK AI. Editorially reviewed.- मिडफिल्डर प्रीति राई नेपाल आइपुगेकी छन् र उनलाई टोलीकी व्यवस्थापक बिन्द्रा देवानले त्रिभुवन विमानस्थलमा स्वागत गरिन्।
- नेपालले ७ कात्तिकमा इरान र १० कात्तिकमा भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ ।
३ कात्तिक, काठमाडौं । इरान र भारतसँग हुने मैत्रीपूर्ण फुटबल खेलअघि नेपाली टोलीमा सामेल हुन मिडफिल्डर प्रीति राई नेपाल आइपुगेकी छन् ।
जोर्डनको इतिहाद क्लबबाट लिग खेल्ने गरेकी उनी आइतबार राति नेपाल आइपुगेकी हुन् । उनलाई टोलीकी व्यवस्थापक बिन्द्रा देवानले त्रिभुवन विमानस्थलमा स्वागत गरिन् ।
नेपालले ७ कात्तिकमा इरान र १० कात्तिकमा भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । दुवै खेल भारतको शिलोङमा हुनेछ ।
फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् ।
खेलका लागि नेपालको अन्तिम टोली घोषणा भइसकेको छ । टोलीमा २ जना नयाँ खेलाडी परेका छन् भने ३ खेलाडीले पुनरागमन गरेका छन् ।
नेपालको टोली : साबित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला बिक, दिपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, उषा नाथ।
प्रतिक्रिया 4