
News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल अर्थ सोनी घले १९ अक्टोबरदेखि मनिलामा सुरु हुने मिस अर्थ प्रतिस्पर्धामा भाग लिन फिलिपिन्स प्रस्थान गरेकी छन्।
- मिस नेपाल आयोजक द हिडन ट्रेजरले ५ नोभेम्बरमा मिस अर्थ फिनाले हुने जानकारी दिएको छ।
- काठमाडौं विमानस्थलमा सोनीलाई द हिडन ट्रेजरका पदाधिकारीसहित सन् २०२५ को मिस नेपाल ब्याचका सदस्यले शुभकामना दिई बिदाइ गरे।
काठमाडौं । मिस अर्थ प्रतिस्पर्धामा भाग लिन ‘मिस नेपाल अर्थ’ सोनी घले आइतबार फिलिपिन्सतर्फ प्रस्थान गरेकी छन् ।
१९ अक्टोबरदेखि मनिलामा प्रतिस्पर्धा सुरु हुँदैछ । फिनाले भने ५ नोभेम्बरमा हुने मिस नेपाल आयोजक द हिडन ट्रेजरले जनाएको छ ।
‘मिस नेपाल पेजेन्टले ३१ औं वर्षगाँठ मनाइरहँदा सोनी घलेले मिस अर्थमा आफ्नो आकर्षक व्यक्तित्व, प्रतिभा, सौन्दर्य प्रस्तुत गर्नेछिन्’ द हिडन ट्रेजरले विज्ञप्तिमा भनेको छ ।
काठमाडौं विमानस्थलमा सोनीलाई द हिडन ट्रेजरका पदाधिकारीसहित सन् २०२५ को मिस नेपाल ब्याचका अन्य सदस्यले उनलाई शुभकामनासहित बिदाइ गरे ।
सो अवसरमा कुरा गर्दै सोनीले मुलुकको लागि आफूले उत्कृष्टता दिने प्रयास गर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4