+
+
Shares

विपिनको शव नजिकै उभिएर प्रधानमन्त्रीले भनिन्- प्रत्येक नेपाली आमाको छोरा

प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘तर पनि विपिन छ हाम्रो लागि । उसलाई सशरीर नदेखे पनि हाम्रो मनमा छ । विपिन कहिल्यै पनि मर्ने छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १६:१८

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित सभामा पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।

सो क्रममा उनले केहीबेर सम्बोधन गरिन् । उनले हमासको आक्रमणमा पर्ने बेलामा त्यतिबेला विपिनसहित नेपाली युवाहरूलाई परेको दु:ख र संघर्ष हामीले यहाँ बसेर अनुभव गर्न नसकिने बताइन् ।

‘त्यहाँ अपहरणको शिकार हुँदा कति दु:ख खेपे होलान् । कति कष्ट खेपे होलान् । के भएको थियो होला त्यो युवाको मनमा,’ उनले भनिन् ।

साथै, उनले विपिन जन्म दिने आमाको मात्रै नभइ सिंगो नेपाली र प्रतयेक नेपाली आमाको छोरा भएको बताइन् ।

‘हामीलाई त लाग्छ नि, विपिन एउटा नेपाली छोरो, हामी सबैको हो । प्रत्येक नेपाली आमाको छोरो । अब कसैले विपिनलाई बिर्सन सक्दैन । उसले गरेको संघर्ष, हिम्मत साहसको गौरव छ,’ उनले भनिन्, ‘तर पनि विपिन छ हाम्रो लागि । उसलाई सशरीर नदेखे पनि हाम्रो मनमा छ । विपिन कहिल्यै पनि मर्ने छैन ।’

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।

विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमानस्थलमा श्रद्धाञ्जली दिइएको थियो ।

उनको अव आजै कञ्चनपुरस्थित घरमा लाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?