
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित मनहरा सुकुमबासी बस्तीमा ७ राउण्ड गोली भेटाएको छ।
- सोमबार सुकुम्बासी बस्तीको सडक छेउमा थ्रीनटथ्री राइफलका ५ राउण्ड र एसएलआरका २ राउण्ड गोली भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
- गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट प्रदर्शनकारीहरूले बन्दुक खोसेका थिए।
३ कात्तिक, भक्तपुर। प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित मनहरा सुकुमबासी बस्तीमा ७ राउण्ड गोली भेटाएको छ ।
सोमबार सुकुम्बासी बस्तीको सडक छेउमा बेवारिसे अवस्थामा थ्रीनटथ्री राइफलको ५ राउण्ड गोली र एसएलआरको २ राउण्ड गोलीसहित ७ राउण्ड गोली भेटाएको हो ।
उक्त गोली कात्तिक २ गते जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले भेटाएको हो ।
बरामद उक्त गोलीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट प्रदर्शनकारीहरूले बन्दुक खोसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4