
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री निवास वालुवाटारमा सर्वदलीय बैठक जारी छ, जहाँ दलहरूले चुनावी सुरक्षाबारे चासो राखेका छन्।
- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सबैले निर्वाचनमा जाने कुरामा सहमति देखिएको बताउनुभयो।
- नेताहरूले एमालेले वर्तमान सरकारले चुनाव गराउन सक्दैन भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध नगरेको उल्लेख गरेका छन्।
४ कात्तिक, काठमाडौं । सर्वदलीय बैठकमा दलहरूले चुनावी सुरक्षाबारे चासो राखेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सर्वदलीय बैठक जारी छ ।
नेताहरूले पालैपालो बोल्ने क्रम चलिरहेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार पहिलो चरणमा सबैले बोल्ने क्रम करिब अन्त्यतिर पुगेको छ ।
मन्त्री खरेलका अनुसार ‘निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । तर, सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राखेका छन् ।’
निर्वाचनमा जाने कुरामा भने सबैको सहमति देखिएको छ ।
नेताहरूका अनुसार एमालेले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4