News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग फुटबलमा ओलम्पियाकसलाई ६-१ गोलअन्तरले हराएको छ।
- फर्मिन लोपेजले ७, ३९ र ७६औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए।
- मार्कस रासफोर्डले ७४ र ७९औं मिनेटमा दुई गोल गरेका थिए भने लामिन यमालले ६८औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।
५ कात्तिक, काठमाडौं । फर्मिन लोपेजको ह्याट्रिक तथा मार्कस रासफोर्डको २ र लामिन यमालको १ गोल मद्दतमा बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले ओलम्पियाकसमाथि ६-१ गोलअन्तरको जित निकालेको हो । लोपेजले ७, ३९, ७६औं मिनेटमा गोल गरे।
लामिन यमालले ६८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए भने रासफोर्डले ७४औं र ७९औं मा दुई गोल गरे ।
ओलम्पियाकसका लागि अयूब एल काबीले ५३औं मा पेनाल्टीबाट एक गोल फर्काए।
सान्तियागो हेज्जेले ५७औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि ओलम्पियाकस १० खेलाडीमा सीमित भएको थियो ।
जितपछि बार्सिलोनाको ३ खेलमा ६ अंक भएको छ र लिग तालिकाको नवौं स्थानमा रहेको छ ।
प्रतिक्रिया 4