
५ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गर्न अपिल गरेका छन् ।
बुधबार नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देशमार्फत उनले यस्तो बताएका हुन् ।
शुभकामना सन्देशमा उनले आफ्नो सांस्कति विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रियतालाई बलियो बनाउनुपर्ने बताएका छन् ।
‘हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्छ । राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली– हाम्रो शक्ति हो,’ उनले भनेका छन्, ‘विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौं र सद्भावको सुगन्ध फैलाऔं । राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4