+
+
Shares

नेपालभित्र श्रमिक आपूर्तिकर्ता कम्पनीको संख्या ४ सय माथि

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ५ गते १४:०८

५ कात्तिक, काठमाडौं । नेपालभित्र श्रमिक आपूर्तिकर्ता कम्पनीको संख्या ४ सय भन्दा माथि पुगेको देखिएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको पछिल्लो तथ्यांक अनुसार आव २०८१/८२ मा नवीकरण भएका, सो आवमा नयाँ दर्ता भएका र आव २०८२/८३ मा नया दर्ता भएका समेत ४३७ कम्पनीले श्रमिक आपूपर्तकर्ताको रुपमा काम गर्ने गरी दर्ता भएका छन् । नेपालमा धेरैजसो सुरक्षा सेवा दिने गरी यस्ता कम्पनीहरू सक्रिय छन् ।

सरकारले विभागमा दर्ता नभई श्रमिक आपूर्ति सेवा नगर्न र दर्ता भएका कम्पनीबाट श्रमिक नराख्न समेत सूचित गर्दै आएको छ । दर्ता प्रक्रिया कडाई गरेसँगै यस्ता कम्पनीको संख्या समेत बढ्दै गएको पाइएको छ ।

विभागका अनुसार सहजकारी सेवा, व्यवसाय सहयोग सेपा, सुरक्षा सेवा, घरेलु सहयोगी सेवासहितका श्रमिक आपूर्ति गर्ने गरी कम्पनीहरु दर्ता भई सञ्चालनमा रहेको देखिएको छ । विभागमा दर्ता नभई श्रमिक आपूर्ति गरेमा वा त्यस्ता कम्पनीबाट श्रमिक दिएमा विभागले जरिवाना तिराउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?