+
+
Shares

वर्तमान सरकारलाई संविधानले चिन्दैन : एमाले नेता दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ५ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले वर्तमान सरकारलाई संविधानले नचिन्ने र असंवैधानिक रूपमा बनेको दावी गरेका छन्।
  • दाहालले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा बनेको सरकारलाई संविधानको कुन धाराले अनुमति दिन्छ भनेर प्रश्न गरे।
  • २३ र २४ भदौमा जेन–जीका नाममा विध्वंशले राज्य कमजोर भएको र नेपालको राजनीतिक इतिहासमा कलंक भएको उनको भनाइ छ।

५ कात्तिक, झापा। नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारलाई संविधानले नचिन्ने दाबी गरेका छन् । असंवैधानिक रूपमा सरकार निर्माण भएको उनको भनाइ छ ।

नेकपा एमाले बिर्तामोड नगर कमिटीको व्यवस्थापन, नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड तथा जनसांस्कृतिक महासंघ नेपाल बिर्तामोडको आयोजनामा बुधबार आयोजित देउसी तथा शुभकामना आदानप्रदानमा उनले यस्तो बताएका हुन्।

‘लामो संघर्ष र बलिदानीबाट बनेको संविधानको कुन धारामा टेकेर यो सरकार बनेको हो ?,’ दाहालले प्रश्न गरे, ‘सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा सरकार बनाउन संविधानको कुन धाराले अनुमति दिन्छ ? अनि, त्यसरी बनेको सरकारले संसद् विघटन गर्न पाउँछ कि पाउँदैन ?’

वर्तमान सरकारका मन्त्रीहरूका अभिव्यक्ति निर्वाचन नगराउने तर्फ उद्यत रहेको भन्दै उनले सरकारका गतिविधिलाई नेकपा एमालेले नजिकबाट नियालिरहेको जिकिर गरे ।

२३ र २४ भदौमा जेनजीका नाममा विध्वंस गराइएको भन्दै उनले यस घटनाले राज्यलाई कमजोर बनाएको बताए । उनले नेपालको राजनीतिक इतिहासमा कलंकका रूपमा याे घटना चित्रण भएको पनि जिकिर गरे ।

उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ता सहित शुभेच्छुक शुभचिन्तकहरूले शुभकामना आदान-प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?