+
+
Shares

रसुवागढी–केरुङ जोड्ने बेलिब्रिज निर्माण अन्तिम चरणमा

हाल बेलिब्रिज राखेर दायाँ–बायाँबाट बार उठाइसकिएको छ । अब गाडीहरु गुड्नका लागि बिचमा स्ल्याब हाल्न मात्र बाँकी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ५ गते १९:०९
Photo Credit : Radio Langtang

५ कात्तिक, काठमाडौं । रसुवागढी–केरुङ जोड्ने नेपाल–चीन मितेरी पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

हाल बेलिब्रिज राखेर दायाँ–बायाँबाट बार उठाइसकिएको छ । अब गाडीहरु गुड्नका लागि बिचमा स्ल्याब हाल्न मात्र बाँकी छ ।

गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका सूचना अधिकारी इन्जिनियर अमरेन्द्र कुमार यादवका अनुसार चीनले आफ्नै खर्चमा सो स्थानमा बेलिब्रिज बनाइरहेको छ ।

उनले अनलाइनखबरसँग भने, ‘पुलको सबै काम चीनले नै गरिरहेकाले हामीलाई धेरै जानकारी त छैन तर अब बिचमा स्ल्याब राख्न मात्र बाँकी भएको जस्तो देखिन्छ । सायद स्ल्याब राखेपछि गाडीहरु गुड्न थाल्छन् ।’

स्थानीयका अनुसार सबै काम सम्पन्न गरी छठ पर्वलगत्तै बेलिब्रिजबाट गाडी आउ–जाउ गराउने लक्ष्यसहित चिनियाँ टोलीले कामलाई तीव्रता दिएको छ ।

गत असार २४ गते चीनतर्फबाट बगेर आउने केरुङ र लेन्दे खोलाको बाढी भोटेकोशी नदीमा मिसिँदा रसुवागढी–केरुङ जोड्ने पक्की पुल बगाएको थियो । सो स्थानमा चीन सरकारले नै बेलिब्रिज निर्माण सुरु गरेको थियो ।

रसुवागढी–केरुङ नेपाल–चीन बिचको तातोपानी पछिको दोस्रो ठूलो व्यापारिक नाका हो । पुल बगेपछि नेपालको चीनतर्फको एक मुख्य व्यापारिक नाका रसुवागढीबाट हुने व्यापार पूर्णरूपमा टुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?