
News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार निश्चल बस्नेतले गत भदौ अन्तिम साता जेनजी युवाको प्रदर्शनमा सहभागी भएको भिडियो सार्वजनिक भएको छ।
- उनले संसद भवन जलिरहेको बेला जेनजीले गरेको कामको प्रशंसा गर्दै 'यो जेनजी युगको सुरुवात हो' भनेका छन्।
- निश्चलले आफूले ढुंगा हानेको तर आगजनी नगरेको उल्लेख गर्दै छानबिन गर्न आग्रह गरेका छन् र दोषी प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन्।
५ कात्तिक, काठमाडौं। गत भदौ अन्तिम साता जेनजी युवाको प्रदर्शनमा कलाकार निश्चल बस्नेत पनि सहभागी भएको भिडियो सार्वजनिक भएको छ ।
बानेश्वर क्षेत्रमा संसद भवन जलिरहेका बेला उनले एक भिडियोमा अरु कसैले गर्न नसकेको काम जेनजीले गरेको भन्दै उनीहरुलाई धन्यवाद दिएका छन् ।
उनले भनेका छन्, ‘यो जेनजी युगको सुरुवात हो । उनीहरुले गरेर देखाएका छन् । थ्यांक्यू उनीहरुलाई ।’
यो भिडियो सार्वजनिक भएपछि आगजनी र तोडफोडमा निश्चल पनि संलग्न भएको भन्दै कतिपयले उनको आलोचना गरिरहेका छन् । तर निश्चलले ढुंगा हानेको र आगजनी नगरेको जिकिर गरेका छन् ।
उनले आफूमाथि छानबिन गर्न आग्रह गर्दै दोषी प्रमाणित भए सजाय भोग्न तयार भएको पनि बताएका छन् ।
‘मैले कतै पनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस् मलाई जे सजाय दिए पनि भोग्न तयार छु,’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘प्रमाण खोज्दा म ढुंगा हान्दै थिएँ कि रोक्दै थिएँ स्पस्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु ।’
उनले आफू अनुकूल लेखेर भ्रम नछर्न अनुरोध पनि गरेका छन् ।
उनले लेखेका छन्, ‘आन्दोलनमा गएको हो ? हो !
भ्रष्टाचारको विरोध गरेको हो ? हो !
मसँग फोटो भिडियो खिच्न दाजुभाइ दिदीबहिनी आएका हुन् ? हो !
भिडियोको माथि आफू अनुकुल क्याप्सन राखेर भ्रम छर्दै बस्नेलाई मेरो भन्नु केही छैन ।’
प्रतिक्रिया 4