News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला फुटबल टोलीले ७ कात्तिकमा भारतको शिलोङस्थित जवहरलाल नेहरु रंगशालामा इरानसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
- नेपाली टोलीले उज्बेकिस्तानमा महिला एसियन कप छनोटपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।
- नेपाली टोलीकी कप्तान सावित्रा भण्डारीले इरान राम्रो प्रतिद्वन्द्वी भएको र जितका लागि प्रयास गर्ने बताएकी छन्।
७ कात्तिक, काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल अन्तर्गत नेपाली महिला फुटबल टोलीले आज इरानसँग खेल्दैछ ।
भारतको शिलोङस्थित जवहरलाल नेहरु रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।
नेपालले उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोट खेलेपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले इरान राम्रो प्रतिद्वन्द्वी भएको र प्रतिस्पर्धात्मक खेल हुने उल्लेख गर्दै सकेसम्म जितकै लागि प्रयास गर्ने बताएकी छन् ।
ट्राईनेसन्स फुटबल अन्तर्गत ४ कात्तिकमा भएको खेलमा पहिलो खेलमा इरानले भारतलाई २-० ले पराजित गरेको थियो । आजको खेलमा नेपाललाई पराजित गरेमा इरान ट्राईनेसन्स अन्तर्राष्ट्रिय फुटबलको च्याम्पियन बन्नेछ । फिफा वरीयतामा इरान ७०औं र नेपाल ८९औं स्थानमा छ । यसअघि नेपाल र इरानको महिला टोलीबीच एक पटक मात्र खेल भएको छ । जसमा नेपाल विजयी भएको थियो ।
ट्राई नेसन्स फुटबल अन्तर्गत नेपाल र भारतबीचको अन्तिम खेल १० कात्तिकमा हुनेछ । त्यसपछि नेपाल र भारतले १३ कात्तिकमा एक अनअफिसियल खेल पनि खेल्नेछ ।
फिफाको वरियतामा भारत ६३औं छ ।
नेपालको टोली : साबित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला बिक, दिपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, उषा नाथ।
प्रतिक्रिया 4