News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन#जर्सले इंग्ल्याण्डका विकेटर किपर ब्याटर एडम रोसिङ्गटनलाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि अनुबन्ध गरेको छ।
- एडमले टी२० क्रिकेटमा ३ हजारभन्दा बढी रन बनाएका छन् र १०० भन्दा बढी आउट गराएका छन् ।
- पोखराले नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेललाई मार्की खेलाडी बनाउँदै अन्य खेलाडीलाई रिटेन र अक्सनबाट अनुबन्ध गरेको छ ।
७ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सले इंग्ल्याण्डका विकेटर किपर ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि पोखराले पहिलो विदेशी खेलाडीको रुपमा एडमलाई अनुबन्ध गरेको जनाएको छ ।
३२ वर्षीय एडमले इंग्ल्याण्ड यू-१९ राष्ट्रिय टिमबाट खेलेका थिए । यस्तै उनले इंग्लिस टी२० क्रिकेट भाइटालिटी ब्लास्ट, १०० बल क्रिकेटका साथै अन्य देशका टी२० फ्रेन्चाइज लिगहरु समेत खेलेका छन् ।
उनले टी२० क्रिकेटमा ३ हजार भन्दा बढी रन बनाएका छन् भने विकेटकिपरको रुपमा १०० भन्दा बढी आउट गराएका छन् ।
उनले १०० बल क्रिकेटमा १५ बलमै अर्धशतक प्रहार गर्दै सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाएका थिए ।
एडमले पोखरामा अनुबन्ध भएपछि आफू पोखरा एभेनजर्सबाट एनपीएल खेल्न उत्साहित रहेको सन्देश दिएका छन् ।
नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेकोले पोखरा सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास र दिनेश खरेललाई रिटेन गरेको थियो । यस्तै पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री अनुबन्ध गरेको थियो ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।
पोखराको टोली : कुशल भुर्तेल, दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप खत्री क्षेत्री
प्रतिक्रिया 4