News Summary
Generated by OK AI. Editorially reviewed.- माइतीघर मण्डलामा जेनजी समूहहरुलाई एकताबद्ध हुन र शहीदहरुको रगत नबिर्सन आह्वान गर्दै 'जेन–जेड युनाइटेड' नामक प्रदर्शन भएको छ।
- प्रदर्शनमा बालबालिका र शहीद परिवारका सदस्यहरु पनि सहभागी थिए र 'राष्ट्र पहिला, अहंकार पछि' लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
- शहीद परिवारका सदस्यहरुले 'शहीदहरुको रगत नबिर्स' र 'देशका घाउहरु हाम्रो जिम्मेवारी' नारा लेखिएका प्लेकार्ड बोकेर खबरदारी प्रदर्शन गरेका छन्।
७ कात्तिक, काठमाडौं । जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
‘जेन–जेड युनाइटेड’को नामबाट गरिएको प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।
उनीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

प्रदर्शनमा शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् । उनीहरुले जेनजी आन्दोलनका शहीदहरुका रगत खेर जान नदिन पनि प्रदर्शनमार्फत् खबरदारी गरेका छन् ।
‘शहीदहरुको रगत नबिर्स’, देशका घाउहरु हाम्रो जिम्मेवारी लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका छन् ।
हेर्नुहोस् थप तस्वीहरू:

प्रतिक्रिया 4