News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाले पछिल्लो एक वर्षमा निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुबाट ४२ थान बन्दुक बरामद गरेको छ।
- त्यसैगरी सेनाले १ हजार ९ सय ७६ वटा जाल, १ हजार ९ सय ६५ वटा घरेलु हातहतियार र ३ सय ६५ वटा सवारी साधान नियन्त्रणमा लिएको छ।
- निकुञ्ज तथा आरक्ष सुरक्षामा खटिएका ११६ सैनिकले ज्यान गुमाएका छन् र यस आर्थिक वर्षमा चार सैनिक घाइते भएका छन्।
७ कात्तिक, काठमाडौं । नेपाली सेनाले एक वर्षको अवधिमा निकुञ्ज गस्ती गर्ने क्रममा ठूलो मात्रामा घरेलु हातहतियारदेखि बन्दुकसम्म बरामद गरेको छ ।
पछिल्लो एक वर्षको अवधिमा सेनाले निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुबाट ४२ थान विभिन्न प्रकारका बन्दुकहरु बरामद गरेको छ ।
त्यसैगरी १ हजार ९ सय ७६ वटा जाल तथा पासो पनि निकुञ्ज तथा आरक्षहरुबाट बरामद गरिएको नेपाली सेनाले बताएको छ । यही अवधिमा १ हजार ९ सय ६५ थान विभिन्न प्रकारका घरेलु हातहतियार पनि बरामद भएका छन् ।
सिकार गर्न प्रयोग गरिएका सवारी साधानहरु पनि ठूलो मात्रामा सेनाले नियन्त्रणमा लिएको छ । चार पांग्रे र दुई पांग्रे गरेर ३ सय ६५ वटा सवारी साधानहरु सेनाले नियन्त्रणमा लिएको हो ।
यही अवधिमा विभिन्न जंगली जनावरका १६ वटा ओखेटोपहारहरु बरामद भएका छन् ।
१२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा शिकार आरक्षको सुरक्षामा नेपाली सेना खटिँदै आएको छ ।
त्यसैगरी चुरे क्षेत्र संरक्षणका लागि नेपाली सेनाका आठ वटा गण, दुई वटा वन तथा पर्यावरण सुरक्षा गण र सात वटा अनाश्रित गुल्म गरी कुल ९ हजार ४६ सुरक्षा फौज संरक्षणको काममा खटिँदै आएका छन् ।
अहिलेसम्म निकुञ्ज तथा आरक्ष सुरक्षामा खटिएका ११६ सैनिकहरुले ज्यान गुमाएका छन् । यस आर्थिक वर्ष मात्रै चार सैनिक घाइते भएको जंगी अड्डाले बताएको छ ।
प्रतिक्रिया 4