+
+
Shares

गायिका नितु पौडेल प्रकरण : गायक बाबुलमाथि सोधपुछ, छैन कुनै जाहेरी

पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको बाबुल गिरीले प्रहरी समक्ष बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते १३:३१

७ कात्तिक, काठमाडौं । आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको एक साताको उपचारपछि आज शुक्रबार मृत्यु भयो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरे । १ कात्तिकमा स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेकी थिइन् ।

यो स्टुडियो गायक बाबुल गिरीको हो । उनले ‘किन आत्मदाहको प्रयास गरिन्’ भन्नेबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन । यो विषय अनुसन्धानकै क्रममा रहेको प्रहरीले बताएको छ । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको बाबुल गिरीले प्रहरी समक्ष बताएका छन् ।

आत्मदाह प्रयासबाट गम्भीर घाइते भएपछि पौडेललाई उद्धार गरेर उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । गायक गिरी पनि सामान्य घाइते भएपछि उपचार गराइएको थियो । उनी केही दिनमै डिस्पचार्ज भए ।

त्यसपछि प्रहरीले गिरीलाई बोलाएर सोधपुछ गरेको थियो । आत्मदाह प्रयासको भोलिपल्ट २ कात्तिकमा बाबुललाई जिल्ला प्रहरी परिसर काठमाडौंले बोलाएर सोधपुछ गरेको थियो । केही घण्टाको सोधपुछपछि उनी छाडिए ।

गिरीलाई प्रहरीले छाडे पनि उनी प्रहरीकै सम्पर्कमा रहेको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई बताउँछन् । ‘उनी अहिले पनि हाम्रै सम्पर्कमा छन् । सोधपुछ गर्ने काम भइरहेको छ,’ एसपी भट्टराईले अनलाइनखबरसँग भने ।

गायिका पौडेल आत्मदाह गर्ने अवस्थामा कसरी पुग्नि भन्नेबारे प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । यही विषयमा अहिले गायक गिरीमाथि प्रहरी सोधपुछ गरेको हो । गिरीसँगकै सम्बन्धमा केही दरार आएपछि उनी आत्महत्याको अवस्थामा पुगेको हुनसक्ने प्रहरीले बताएको छ ।

‘उनीहरुबीच केही मिसअन्डरस्ट्याण्डिङ भएपछि यो अवस्था आएको हो कि भन्ने आशंका छ । यद्यपी यो विषय अनुसन्धानकै चरणमा रहेकाले धेरै कुराहरु खुल्न बाँकी नै छ’ प्रहरी स्रोतले भन्यो ।

यता प्रहरीले सोधपुछ गरेका गायक गिरीमाथि भने अहिलेसम्म कुनै जाहेरी नआएको प्रहरीले बताएको छ । एसपी भट्टराई भन्छन्, ‘हाम्रोतर्फको अनुसन्धान जारी छ । उहाँविरुद्ध भने कुनै पनि जाहेरी आएको छैन’ एसपी भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?