+
+
Shares

सप्तरीकी पनियादेवी थरूनीको ११५ वर्षको उमेरमा निधन

पनियादेवीको कात्तिक ६ गते भाइटीकाको दिन ११५ वर्षको उमेरमा निधन भएको उनका नाति लक्ष्मीकान्त चौधरीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको शम्भुनाथ नगरपालिका–७ हर्कटी मोहनपुर निवासी पनियादेवी चौधरीको ११५ वर्षको उमेरमा कात्तिक ६ गते निधन भएको छ।
  • पनियादेवीले कुनै एलोपेथिक औषधि नखाई खोर्सानी र आँपको पात सेवन गरी स्वास्थ्य कायम राखेकी थिइन्।
  • उनको अन्तिम संस्कार कात्तिक ७ गते नजिकैको नदीमा गरिएको छ र उनी सप्तरीकै सबैभन्दा धेरै वर्ष बाँच्ने जेष्ठ नागरिक हुन्।

७ कात्तिक, काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका–७ हर्कटी मोहनपुर निवासी पनियादेवी चौधरी (थरूनी)को ११५ वर्षको उमेरमा निधन भएको छ ।

पनियादेवीको कात्तिक ६ गते भाइटीकाको दिन निधन भएको उनका नाति लक्ष्मीकान्त चौधरीले जानकारी दिए ।

उनले भने, ‘नानी (हजुरआमा)ले भाइटीकाको अघिल्लो दिन मात्रै आफैंले नुहाउनु भएको थियो । त्यही दिन घरमा कुरा गर्दागर्दै बित्नुभयो । आज अन्तिम संस्कार गरेका छौं ।’

उनका अनुसार उनी सप्तरी जिल्लाकै सबैभन्दा धेरै वर्ष बाँच्ने जेष्ठ नागरिक हुन् ।

पनियादेवी वि.सं.१९६७ मा भगवतपुरको कठोना गाउँमा जन्मिएकी थिइन् । पनियादेवीको विवाह सानै उमेरमा हर्कटी मोहनपुरका रेशमलाल चौधरीसँग भएको थियो ।

नाति लक्ष्मीकान्तका अनुसार पनियादेवीले अहिलेसम्म कुनै पनि एलोपेथिक औषधिले उपचार गरेकी छैनन् । उनी भन्छन्, ‘नानी (हजुरआमा) यदि बिरामी भइहाल्नुभयो भने त्यतिबेला खोर्सानी पिसेर खानुहुन्थ्यो । त्यसपछि उहाँ फेरि निरोगी भइहाल्नुहुन्थ्यो । त्यतिमात्रै होइन आँपको पात चपाउनुहुन्थ्यो । मोरिङ्गाको तरकारी, बगिया, घोंगी (घोङ्ही), सितुवा र माछा खानुहुन्थ्यो नियमित रुपमा ।’

११५ वर्षको उमेरमा बितेका पनियादेवीको आजै नजिकैको नदीमा अन्तिम संस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?