+
+
Shares

चौतर्फी आलोचनापछि मन्त्रीको सूचीबाट काटियो खगेन्द्र सुनारको नाम

आजैमात्र प्रधानमन्त्री कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्री बनाउन सिफारिस गरेकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १४:१८

९ कात्तिक, काठमाडौं । चौतर्फी आलोचना श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ ।

स्रोतका अनुसार, उनलाई अहिले तत्काल मन्त्री नबनाउने निर्णयमा प्रधानमन्त्री सुशीला कार्की पुगेकी हुन् ।

आजै दिउँसो साढे २ बजेका लागि मन्त्रीहरूको शपथ हुँदैछ । आजैमात्र प्रधानमन्त्री कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्री बनाउन सिफारिस गरेकी थिइन् ।

तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको देखिएको थियो ।

उनीविरुद्ध सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको थियो ।

विवादित छवि भएका सुनारलाई मन्त्री बनाउँदा हुनसक्ने सम्भावित समस्यालाई ध्यानमा राख्दै उनको नाम काटिएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ । उनको के कारणले शपथ रोकिएको भन्ने बताइएको छैन ।

श्रेष्ठको पछि मन्त्रालय हेरफेर भएको थियो ।

डा. सुधा शर्मा गौतम, र बब्लु गुप्ताले भने आजै शपथ लिँदैछन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?