News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको राँचीमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाली धावक राजन रोकाएले पुरुष १०००० मिटर दौडमा रजत पदक जितेका छन्।
- राजनले ३० मिनेट ३९:१५ सेकेण्डमा दूरी पूरा गरेका थिए भने भारतका अभिषेकले ३० मिनेट २९:४५ सेकेण्डमा स्वर्ण जितेका छन्।
- नेपालले यस च्याम्पियनसिपमा दुई रजत र तीन कांस्य पदक सहित कुल पाँच पदक जितिसकेको छ।
९ कात्तिक, काठमाडौं । भारतको राँचीमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाली धावक राजन रोकाएले रजत पदक जितेका छन् ।
उनले पुरुष १०००० मिटर दौडमा रजत जितेका हुन् । राजनले निर्धारित दूरी ३० मिनेट ३९:१५ मिनेटमा पूरा गरे । यस स्पर्धामा भारतका अभिषेकले स्वर्ण जित्दा भारतकै प्रिन्स कुमारले कांस्य जिते । अभिषेकले ३० मिनेट २९:४५ सेकेण्डमा दूरी गरे । यस्तै प्रिन्स कुमारले ३१ मिनेट १७:३७ सेकेण्डमा दौड पूरा गरे ।
जारी च्याम्पियनसिपमा नेपालको यो दोस्रो रजत पदक हो । यसअघि सोम बहादुर कुमालले पुरुष ८०० मिटरमा रजत जितेका थिए । त्यसपघि पहिलो दिन नेपालले तीन कांस्य पदक जितिसकेको छ ।
प्रतिक्रिया 4