News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतबाट आज साँझ ६ बजे काठमाडौं फर्कनेछन्।
- खनाल नेकपा एकीकृत समाजवादीको पार्टी बैठकमा सहभागी हुन स्वदेश फर्कन लागेका नेताहरुले बताएका छन्।
- माओवादी केन्द्रसँग एकता अघि बढेपछि खनालले दिल्लीबाट जारी वक्तव्यमा पार्टी एकता प्रक्रियालाई बेमौसमी बाजा भनेका थिए ।
१० कात्तिक, काठमाडौ । पत्नी रवीलक्ष्मी चित्रकारको उपचारका लागि भारतमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्कंदैछन् ।
उपचार जारी रहेपनि खनाल पार्टी बैठकका लागि स्वदेश फर्कन लागेका हुन् । खनाल निकट स्रोतका अनुसार उनी साँझ ६ बजे काठमाडौं आउँदैछन् ।
नेकपा एकीकृत समाजवादीभित्र मतभेद बढ्दै गएपछि खनाल बैठकमा सहभागी हुन आज काठमाडौं आउन लागेको नेताहरुले बताएका छन् ।
केही समयअघि दिल्लीबाटै खनालले वक्तव्य जारी गर्दै पार्टी एकता प्रक्रियालाई बेमौसमी बाजा भनेका थिए ।
तर माओवादी केन्द्रसँग एकता प्रक्रिया अगाडि बढेपछि खनाल आफैं बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4