+
+
Shares

मुस्ताङमा लेक लागेर तीर्थालुको मृत्यु

मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् ।

रासस रासस
२०८२ कात्तिक १० गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुस्ताङमा तीर्थालु माधव तिमिल्सिनाको लेक लागेर मृत्यु भएको छ।
  • तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा बेहोस भएका थिए।
  • उनीलाई जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो र आज मृत्यु भएको हो।

१० कात्तिक, मुस्ताङ । मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए ।

उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो । तिम्सिनाको आज मृत्यु भएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?