News Summary
Generated by OK AI. Editorially reviewed.- प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता कात्तिक १५ गतेदेखि झापामा सुरु हुनेछ।
- प्रतियोगितामा नेपालका तीन विभागीय टिम र भारतको सिंग्लिङ स्पोर्टिङ क्लबसहित सात टोली सहभागी छन्।
- विजेताले १० लाख १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।
१० कात्तिक, विराटनगर । प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक झापा महिला गोल्डकपले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।
खेल कात्तिक १५ गतेदेखि सुरु हुनेछ । एलभिडी मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । क्षेत्रमा यो हालसम्मकै उच्च राशी हो ।
नेपालका ३ विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिम सहभागी हुनेछन् ।
संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब पनि सहभागी हुनेछन् ।
उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच हुनेछ ।
दोस्रो खेल कात्तिक १६ गते सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले खेल्ने छन् । तेस्रो खेल कात्तिक १७ गते संकटा फुटबल क्लबसँग झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ ।
चौथो खेल कात्तिक १८ गते त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनल खेल कात्तिक १९ गते हुनेछ भने अन्तिम सेमिफाइनल खेल कात्तिक २० गते हुनेछ ।
झापा महिला गोल्डकपको फाइनल खेल कात्तिक २२ गते हुनेछ ।
प्रतियोगिताका लागि ३ हजार दर्शक क्षमताको प्यारापिटमा कुर्सी जडान गरिएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पाउने छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।
प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया 4