+
+
Shares

हिमपात हुनसक्ने भन्दै उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न मुस्ताङ प्रशासनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते २१:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुस्ताङ प्रशासनले बुधबारसम्म मौसम प्रतिकूल हुने भएकाले उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ।
  • जल तथा मौसम विभागले मुस्ताङका उच्च हिमाली क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने प्रक्षेपण गरेको छ।
  • पर्यटक र तीर्थयात्रीलाई मौसम पूर्वानुमान लिएर उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध गरिएको छ।
१० कात्तिक, मुस्ताङ । मुस्ताङ प्रशासनले यहाँस्थित पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ ।
आज एक सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो ।
मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ-डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ-मुस्ताङ थोरङ्लापास, छ हजार मिटर उचाइको मुस्ताङ-मनाङ सरिबुङ पास र मुस्ताङ-म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने विभागको प्रक्षेपण छ ।
त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्नु÷नगराउनुहुन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताए ।
सूचना अनुसार जिल्लाको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?