News Summary
Generated by OK AI. Editorially reviewed.- नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
- प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी प्रतिनिधि सभाको चुनावमा भाग लिन दल दर्ताको निवेदन दिएको बताए।
- निर्वाचन आयोगले निवेदन अध्ययन गरी दलको नाम पाउने वा नपाउने निर्णय गर्नेछ र हाल १२४ दल दर्ता भइसकेका छन्।
११ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छन् । यो प्रस्तावलाई पार्टीबाट अनुमोदन गराएर उनले निर्वाचन आयोगमा दल दर्ताका लागि नेताहरूलाई पठाएका हुन् ।
नेतारू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरुले निर्वाचन आयोग पुगेर यो नामको पार्टीको दल दर्ताको निवेदन दिएका थिए ।
प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका तय भएको छ । त्यसका लागि दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समयसीमा यही कात्तिक ३० गतेसम्म छ । त्यसअगावै दल दर्ताको निवेदन दिएका हुन् ।
दल दर्ताको निवेदन दिएपछि प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी चुनावमा भाग लिने गरी दल दर्ताको निवेदन दिइएको बताए ।
नेपालको राजनीतिक आन्दोलनमा आफ्नो पार्टीले चुनावमा भाग लिएर अगाडि बढ्न खोजेको उनले बताए ।
अब प्राप्त निवेदनउपर आयोगले अध्ययन गर्नेछ । त्यसपछि प्रस्ताव गरे अनुसारको नाम पाउने वा नपाउने, अन्य विषयमा के हुने भनेर निर्णय दिनेछ । आयोगले निर्णय दिएपछि दलले आधिकारिता पाउनेछ ।
निर्वाचन आयोगमा यसअघि नै १२४ वटा दल दर्ता छन् । यो सहित १७ वटा दलले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।
प्रतिक्रिया 4