News Summary
Generated by OK AI. Editorially reviewed.- के-पप ब्याण्ड ब्ल्याकपिंककी लिसाले डिज्नीको एनिमेटेड फिल्म ट्याङ्गल्डको लाइभ-एक्सन रूपान्तरणमा रापुन्जेलको भूमिका पाउन सक्ने सम्भावना छ।
- लिसाले द ह्वाइट लोटस सिजन ३ बाट अभिनयमा डेब्यू गरिन् र उनको अर्को फिचर परियोजनामा देखिने सम्भावना छ।
- हलिउड कास्टिङ स्रोतका अनुसार रापुन्जेलको भूमिकाका लागि लिसासहित धेरै नामहरू छानिँदैछन् र निर्माण कम्पनीले टिप्पणी गरेको छैन।
सियोल । के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’ स्टार गायिका लिसाको नजर अहिले हलिउड फिल्मतिर सोझिएको छ । यी थाई गायिका, र्यापर, नृत्यांगना र अभिनेत्री अहिले मनोरञ्जन उद्योगमा नयाँ खबरले चर्चामा छिन् ।
यस पटक, उनको चर्चा हलिउडसँग जोडिएको छ । सम्भवतः उनी डिज्नी स्टार बन्न सक्छिन् । हलिउड स्रोतहरूका अनुसार, ब्ल्याकपिंककी यी सदस्य एनिमेटेड फिल्म ‘ट्याङ्गल्ड’मा चर्चित राजकुमारी रापुन्जेल बन्ने सम्भावनाको संघारमा छिन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यमले लिसाको सम्भावित हलिउड फिचर डेब्यूबारे समाचार लेखेका छन् । यदि यसो हो भने, आश्चर्य नमान्दा हुन्छ ।
हुन त ‘द ह्वाइट लोटस’ सिजन ३ बाट उनले अभिनयमा डेब्यू गरिन् । जहाँ उनले धूर्त होटल व्यवसायी मुकको भूमिका निर्वाह गरेकी थिइन्, लिसा आफ्नो अर्को फिचर परियोजनामा देखिने सम्भावना छ ।
डिज्नी फिल्म ‘ट्याङ्ल्ड’को बहुप्रतिक्षित लाइभ-एक्सन रूपान्तरणमा रापुन्जेलको भूमिकाको लागि उनलाई विचार गरिएको बताइएको छ ।
राहेल जेग्लर र ग्याल ग्याडोट अभिनित ‘स्नो ह्वाइट’ रिमेकले सफलता पाउन नसकेपछि स्टुडियोले हाइ–प्रोफाइल स्टारलाई दर्शकमाझ ल्याउन पहल गरिरहेको देखिन्छ । यसका लागि लिसा उत्तम छनोट हुन् ।
यदि यो सत्य हो भने, ‘ट्याङ्गल्ड’ मा अभिनय गर्नाले उनको हलिउडको करिअर अझै चम्किन सक्छ ।
हलिउड कास्टिङ स्रोतका अनुसार, रापुन्जेलको भूमिकाका लागि धेरै नामहरू छानिँदैछन्, जसमा सारा क्याथरिन हुक, एमी लू वुड, चार्लोट ले बोन, सिड्नी स्वीनी र लिसा समावेश छन् ।
अहिलेसम्म, निर्माण कम्पनीले सम्भावनाको बारेमा टिप्पणी गरेको छैन । अर्कोतर्फ, अभिनेत्री स्कारलेट जोहानसनलाई आमा गोथेलको भूमिकाको लागि छनोट गरिएको थियो । गोथेल अर्थात रापुन्जेललाई टावरमा कैद गर्ने दुष्ट महिला ।
प्रतिक्रिया 4