१२ कात्तिक, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-३ मा सम्पन्न दोस्रो खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि भंगहा नगरपालिकाले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा महोत्तरीको भंगहा नगरपालिकाको टिमले ९ रनले आयोजक टिम बटेश्वर गाउँपालिकालाई पराजित गर्दै जित हात पारेको हो ।
१६ ओभरको समाप्तिमा ५ विकेट गुमाएर बटेश्वर गाउँपालिका मात्र १३९ रन बनाएको थियो । भंगाहा नगरपालिकाले उक्त लक्ष्य पूरा गर्दै विजेता बनेको हो । विजेता टिम भंगहाले खेलको उपाधि ४० हजार रुपैयाँ नगद, कप र शिल्ड हात पारेको हो । यस्तै उपविजेत टिम बटेश्वरलाई २५ हजार नगद, शिल्ड र कप प्रदान गरिएको छ ।
तिहार तथा छठ पर्वको अवसरमा बटेश्वर गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोग तथा प्रगतिशील युवा क्लवको आयोजनामा गत कार्तिक १ गतेदेखि जनशक्ति माध्यमिक विद्यालयका खेल मैदानमा सुरु भएको क्रिकेटमा १६ वटा टिमले भाग लिएका थिए ।
विजेता र उपविजेता टिमलाई खेलका विशिष्ट अतिथि बटेश्वर गाउँपालिका वडानम्बर ३ का वडाध्यक्ष राममणि कुशवाहालगायत अतिथिले उपाधि हस्तान्तरण गरेका थिए । क्लबका अध्यक्ष मुकेशकुमार महतोको अध्यक्षतामा भएको समापन खेलका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामअशिष महतो रहेका थिए ।
प्रतिक्रिया 4