News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले पारिवारिक कामको कारणले १२ कात्तिकमा राजीनामा बुझाएका छन्।
- उनले राजीनामा प्रहरी प्रधान कार्यालय, नक्सालमा बुझाएको तर स्वीकृत हुन बाँकी रहेको स्रोतले बताएको छ।
- उनको राजीनामा आईजीपीले निर्णय गरेर गृह मन्त्रालय पठाउनुपर्ने कानुनी व्यवस्था छ।
१२ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा बुझाएका छन् । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएको अनलाइनखबरलाई बताए ।
आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको उनले उल्लेख गरेका छन् । ‘पारिवारिक कामले राजीनामा दिएको हुँ । अरु त्यस्तो कुनै कारण छैन,’ रानाभाटले भने ।
उनले आजै राजीनामा बुझाएको तर स्वीकृत हुन बाँकी रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । उनले बुझाएको राजीनामा आईजीपीले निर्णय गरेर गृह मन्त्रालय पठाउनुपर्ने कानुनी व्यवस्था छ ।
रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4