+
+
Shares

जेनजी आन्दोलनमा लुटेको पेस्तोल पड्काउँदै भिडियो बनाउने समातिए

पक्राउ परेकामध्ये समीरले जेनजी आन्दोलनमा लुटेको पेस्तोलबाट गोली चलाएको भिडियो समेत बनाएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १६:५४

१२ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा लुटेको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाउने एक व्यक्तिसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा नुवाकोटको लिखु गाउँपालिका–६ घर भएका २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपाली छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूबाट लुटिएको पेस्तोल, म्याग्जिन र १२ राउण्ड गोली पनि बरामद भएको छ । पक्राउ परेकामध्ये समीरले जेनजी आन्दोलनमा लुटेको पेस्तोलबाट गोली चलाएको भिडियो समेत बनाएका थिए ।

कुनै घरको छतमा बसेर चुरोट तान्दै उनले पेस्तोलबाट गोली चलाएको भिडियोमा देखिन्छ । यसरी गोली चलाउने समीर भने पटके कसुरदार रहेको खुलेको छ । उनलाई यसअघि प्रहरी वृत्त सोहैखुट्टेले पक्राउ गरेको थियो । गत भदौको ६ गते पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?