News Summary
Generated by OK AI. Editorially reviewed.- पाटन उच्च अदालतले 'नियोसिया' ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ।
- अदालतले पहिलेको आदेश बेवास्ता गर्दै केवाईसी गाडी नाम फेरेर 'नियोसिया/स्टार भी ईभी' ब्रान्डमा पुनः आयात गरिएको पाइएको छ।
- इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रालि र एम्बर मोटर्स प्रालिका सञ्चालकहरूले अदालतको आदेश उल्लंघन गरी गाडी आयात गरेको खुलाइएको छ।
१२ कात्तिक, काठमाडौं । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । ‘नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण समेत नगर्नू’ अदालतले मंगलबार दिएको आदेशमा भनिएको छ ।
यो निर्णयसँगै, नयाँ नाममा गाडी आयात गर्ने गतिविधि कानुनी संकटमा परेको छ । २०८२ साउन १५ गते पाटन उच्च अदालतले सीजी मोटर्स बाहेक अन्य कुनै कम्पनीलाई केवाईसी गाडी आयात नगर्न आदेश दिएको थियो ।
तर उक्त आदेशलाई बेवास्ता गर्दै केवाईसी गाडीको नाम फेरेर ‘नियोसिया/स्टार भी ईभी’ ब्रान्डमा सोही गाडी पुनः आयात गरिएको थियो । यो विवादमा ‘इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रालि’ नामक कम्पनी र त्यसकै सञ्चालकहरूद्वारा नयाँ कम्पनी ‘एम्बर मोटर्स प्रालि’ खडा गरी गाडी आयात गरिएको खुलासा भएको थियो ।
दुवै कम्पनीका प्रमुख व्यक्ति उही समूहका छन्, जसले अदालतको आदेशलाई बेवास्ता गर्दै उही मोडेलका गाडी नयाँ नाममा भित्र्याउने प्रयास गरेका थिए ।
भन्सार विभागका कर्मचारीहरूले समेत यस विषयमा बेवास्ता गरेको आरोप लाग्दै आएको छ। यसरी कानुनी आदेशको उल्लंघन गरी गरिएको आयातले गाडी खरिदकर्ताहरू भविष्यमा समस्या र कानुनी जोखिममा पर्ने अवस्था देखिएको थियो ।
केवाईसी ब्रान्डका गाडी नेपालमा सीजी मोटर्सले आधिकारिक रूपमा आयात गर्दै आएको थियो ।
प्रतिक्रिया 4