+

दक्षिण अफ्रिकाका पार्नेलले जनकपुुरबाट एनपीएल खेल्ने

२०८२ कात्तिक  १२ गते १७:३७ २०८२ कात्तिक १२ गते १७:३७
दक्षिण अफ्रिकाका पार्नेलले जनकपुुरबाट एनपीएल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकाका पेस बलिङ अलराउन्डर वायन पार्नेलले दोस्रो सिजनको नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्।
  • जनकपुर बोल्ट्सले पार्नेललाई अनुबन्ध गरेको सामाजिक सञ्जालमा बुधबार पोस्ट राखेर जनाएको छ।
  • एनपीएल आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ र जनकपुरले लाहिरु मिलान्था र प्रशिक्षक शिवनराइन चन्द्रपललाई पनि दोहोर्‍याएको छ।

१२ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका पेस बलिङ अलराउन्डर वायन पार्नेलले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

जनकपुरले बुधबार सामाजिक सञ्जालमा पोस्ट राख्दै पार्नेललाई अनुबन्ध गरेको जनाएको हो ।

३६ वर्षीय पार्नेलले दक्षिण अफ्रिकी टोलीबाट ३६ टी-२०आई खेलेका छन् । जहाँ उनले ५९ विकेट लिएका छन् । ३७४ रन पनि बनाएका छन् ।

समग्र टी-२०मा उनले ३०० खेलमा ३१७ विकेट लिएका छन् र २२०० रन बनाएका छन् । उनले आईपीएल, बीपीएल, एसएटी-२०, द हन्ड्रेडलगायत टोलीबाट फ्रेन्चाइज क्रिकेट खेलेका छन् ।

‘म एनपीएल खेल्न जानलाई निकै उत्साहित छु, मैले नेपाली क्रिकेट समर्थकहरुको जोशलाई देखेको छु । एनपीएलको बारेमा पनि धेरै राम्रा पक्षहरु सुनेको छु । जनकपुर बोल्ट्सको उपाधि रक्षा अभियानमा समर्थकहरुको अगाडि खेल्नलाई म आत्तुर छु । मैदान भित्र होस वा बाहिर जनकपुर बोल्ट्सको एउटा हिस्सा बन्न पाउदा म निकै उत्साहित छु,’ पार्नेलले भनेका छन् ।

बोल्ट्सका प्रवन्ध निर्देशक निरोज खतिवडाले पार्नेललाई अनुबन्ध गर्न पाउदा निकै उत्साहित रहेको जनाए । ‘पार्नेलले यू–१९ देखि राष्ट्रिय टोलीबाट खेल्दै लामो अनुभव लिएर विश्व क्रिकेटमा आफ्नो पहिचान बनाएका छन् । यस्तो ठुलो अनुभवले हाम्रो टोलीको उपािध जोगाउने अभियानलाई बलियो बनाउने छ । नेपाली क्रिकेट प्रेमीलाई उनको विश्व स्तरीय खेल कौशल देखाउने अवसर पाउनु हाम्रो लागि गौरवको कुरा हो । पार्नेलले बोल्ट्स टोलीमा मात्र होइन, नेपाल प्रिमियर लिगमै ठुलो विश्वास पुर्याउने छ’ उनले भनेका छन् ।

जनकपुरले यसअघि लाहिरु मिलान्थालाई दोस्रो संस्करणका लागि पुन: दोहोर्‍याएको छ भने प्रशिक्षकमा वेस्ट इन्डिज लेजेन्ड शिवनराइन चन्द्रपललाई भित्र्याइसकेको छ ।

एनपीएल आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ ।

जनकपुर बोल्ट्स वायन पार्नेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय