+
+
Shares

एक साताका लागि रोकियो मनाङ पदयात्रा

हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आह्वान गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते २०:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाएको छ।
  • प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिमपातपछि सडक खुल्दा पदयात्रा अझै सम्भव नभएको जानकारी दिनुभयो।
  • करिब एक हजार ५०० पर्यटक उद्धार गरिएका छन् र ४०० पर्यटक तिलिचो जान नसकेपछि फर्किएका छन्।

१२ कात्तिक, मनाङ। जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाएको छ ।

हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आह्वान गरेको हो।

हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु फर्किन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।

‘सोमबार रातिदेखिको हिमपातले अवरुद्ध सडक डोजर लगाएर हिउँ पन्छ्याएपछि खुलेको छ । खाङसारसम्मकै बाटो खुलेको छ ।

पदयात्रा भने अझै खुलेको छैन’, उनले भने, ‘ हिउँ र पानी पर्न बन्द भए पनि पदयात्रा अहिल्यै सम्भव छैन।’

करिब एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटकको मङ्गलबार उद्धार गरिएको थियो। त्यसमध्ये करिब २०० विदेशी पर्यटक रहेका थिए।

हिमपातका कारण तिलिचो आधारशिविरमा रोकिएका करिब ४०० पर्यटक तिलिचो जान नसकेपछि फर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?