१२ कात्तिक, काठमाडौं । राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको जेनजीको अगुवाहरूले बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको त्रिपक्षीय छलफलमा सहभागी भएर बाहिरिने क्रममा सागर ढकालले पनि राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको जानकारी दिए ।
‘जेनजीसँग सहमति पनि हुन बाँकी छ । केही दिनमा राष्ट्रपतिसँग औपचारिक सम्झौता हुनुपर्यो । त्यसमा हामीले विभिन्न कुरा राखेका छौं संविधान सुधार लगायतका मागहरू,’ ढकालले पत्रकारहरूसँग भने ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । त्यसपछि प्रतिनिधि सभाबाट सरकार बन्ने अवस्था बनेन । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा २७ भदौमा प्रतिनिधि सभाको विघटन भएको छ । प्रतिनिधि सभाको अर्को चुनाव आगामी फागुन २१ मा तय भएको छ ।
यस सन्दर्भमा छलफल गर्ने गरी प्रधानमन्त्री कार्कीले बुधबार सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूको त्रिपक्षीय छलफल राखेकी हुन् ।
उक्त बैठकबाट बाहिरिने क्रममा ढकालले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको जानकारी दिएका हुन् ।
प्रतिक्रिया 4