+
+
Shares

कार्यतालिका नआउँदै नियमित कि विशेष महाधिवेशन भनेर गफ गर्न जरूरी छैन : बहादुरसिंह लामा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १८:०१
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले मंसिरभित्र महाधिवेशन गर्ने कार्यतालिका निकाल्नुपर्ने बताए।
  • लामाले क्रियाशील सदस्यता नवीकरण र वितरणको काम नसकिएको र पार्टी मिल्न सबैले त्याग गर्नुपर्ने बताए।
  • उनले यथास्थितिबाट पार्टी अघि बढे चुनावमा कोही टिकट लिन तयार नहुने दाबीसमेत गरे।

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले कार्यतालिका नआउँदै नियमित कि विशेष महाधिवेशन भनेर गफ गर्न जरूरी नरहेको बताएका छन् ।

सानेपामा बिहीबारबाट फेरि सुचारू भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले कार्यतालिका निकालेर मात्रै केन्द्रीय कार्यसमितिको म्यान थप्ने/नथप्ने बारे छलफल गर्नुपर्ने बताए ।

‘मंसिरभित्र महाधिवेशन गर्ने गरी तालिका निकालौं अनि म्याद थप गर्ने नगर्ने भन्ने कुरा हुन्छ त । अहिलेदेखि विशेष महाधिवेशन गर्छु भनेर हुन्छ र ?,’ प्रश्न गर्दै लामाले भने, ‘क्रियाशील सदस्यता नवीकरण र वितरणको काम किन गराउन नसकेको ?’

उनले पार्टी मिलाउँछु र मिलेर जानुपर्छ भन्ने गरिए पनि कसैले कुनै त्याग गर्न नसकेको बताए । ‘सबैले त्याग गर्न तयार भएमात्र मिल्छ । मिल्ने बाटोमा लागौँ,’ लामाले भने, ‘यति भएमात्र नेपाली कांग्रेस रहन्छ ।’

महाधिवेशन नगरे कांग्रेस पार्टी संकटमा पर्ने भन्दै नियमित वा विशेष जे महाधिवेशन गरे पनि हुने उनको भनाइ थियो । ‘महाधिवेशन चाँडोभन्दा चाँडो गर्न आग्रह गर्छु,’ लामाले भने ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री लामाले यथास्थितिबाटै पार्टी अगाडि बढे आशन्न चुनावमा कोही पनि टिकट लिन तयार नहुने दाबीसमेत गरे ।

‘यथास्थितिमा जाने हो भने चुनावमा कसैले टिकट लिँदैन । गाउँ ठाउँमा पुग्नुहोस्,’ उनले भने, ‘पुरानै ढंगबाट जाने हो भने वास्तविकता तलको के हो बुझ्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?