+
+
Shares

भारतबाट १६ बालबालिकाको उद्धार   

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १८:४२
प्रतीकात्मक तस्वीर

१३ कात्तिक, जनकपुरधाम । भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ । उनीहरूलाई उद्धार गरी बिहीबार जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ ।

मधेश प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्‍याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ संस्थाले उद्धार गरेर मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा उनीहरूका अभिभावकको जिम्मा लगाएको हो ।

उद्धार गरिएकामा महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका रहेका छन् ।

उनीहरूको उमेर ९ देखि २२ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद् मधेश प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिए ।

यस्तै दुई बालिकालाई पनि ‘किन इन्डिया’ले भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर बालकल्याण समिति तथा बालबालिका खोज उद्धार केन्द्र जनकपुरधाममार्फत अभिभावकको जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?